डढेलो लागेपछि

पटक–पटक डढेलो लागेको यस सहरमा
सबै कुरा डढेलोमा परि सकेछन्
नैतिकता, सच्चरित्रता र इमान्दारिता
यहाँ पाइन्न नै
अव मात्रै अन्याय र मह्ङ्गी मौलाइ रहेछन्
जसरी पानी परेपछि
डढेलो लागेको खर वारीमा
मुनाहरू मौलाउँछन् ।