बाँच्नुको अर्थ

कति स्पष्ट देखिन्छ यहाँवाट
त्यो अग्लो हिमाल
तर त्यहाँ तेन्जिङ देखिँदैन
नियालेर हेरौं अझै
तर त्यहाँ तेन्जिङको पाइताला पनि छैन
इतिहासमा मात्रै छ अव तेन्जिङले हिमाल चढेको
हिमाली पहाडमा तेन्जिङको पाइताला पनि छैन
मात्रै विदेशमा चर्चा छ अव तेन्जिङको
नेपालमा अव तेन्जिङको निशाना पनि छैन
के बेर ?
भोलि नयाँ सडकमा तेन्जिङले हल्ला मच्चाई दिन्छ-
“मैले हिमाल चढेको होइन भनेर
भूगोल-पार्कमा उभिएर भाषण गर्छ –
“मैले हिमाल चढेको छैन ” भनेर
खुला मञ्चमा उभिएर माइकवाट चिच्याइ दिन्छ –
“मैले हिमाल देखेको छैन र हिमाल टेकेको छैन “भनेर ।
किन भने यो देशमा अव ढाँटेर मात्र बाँच्नुपर्छ
ढाँटनै मात्रै पनि मान्छे बाँच्नु पर्छ
बाँच्न चाहनेहरुले
फगत मृत जीवन बाँच्नुपर्छ ।