- Home
- मेरो लिम्पियाधुरा
- अगाडी हिँड्नेसँग
अगाडी हिँड्नेसँग
धेरैलाई लागेको थियो मुलुक यस्तो होस् − सुन्दर सम्पन्न सभ्य होस् सबैको ओठमा हाँसो होस् मन प्रफुल्ल आँखामा कौतूहल र विश्वास भरियोस् सबैका छातीमा हिमाल, पहाड र मदेसको माया अटाइ नअटाइ होस् भोक इतिहास होस् रोग हराओस् सिर्जनाको पौल होस् साँच्चै मुलुक सुन्दर होस् शान्त होस् रहर लाग्दो होस् । तर भएन केही भएन हुने लक्षणसम्म पनि पो भएन बरु भताभुङ्ग भयो लथालिङ्ग भयो मुलुक अनेक पीडाले डामिएर क्षत विक्षत भयो सिर्जना हरायो सभ्यता हरायो अहिले त मुलुक मुलुक जस्तो पनि पो भएन यो मुलुकलाई माया गर्ने मान्छे नै भएन भएर पनि भए जस्तै भएन । अगाडी हिँड्ने मान्छेहरू ! तपाइका कान छोपिएका छन् कचेराले टालिए छन् आँखा, खोज्नुपर्छ तपाइका कानमा बतास पनि लाग्दैन तपाइका आँखामा हताश पनि छाउँदैन हाम्रो मन पो बतासले उडाउन लागेको छ हामीलाई हतासले निल्न लागेको छ हाम्रा मन भित्रको मुलुक किन आजकाल तपाइलाई नदेखिने भएको छ ? किन ? त्यो छातीमा मुलुकको माया हराएको छ ? ए ! अगाडी हिँड्न रहर गर्ने मान्छे ! हिँड्न त बाटो चाहिन्छ बाटो हिँड्नुपर्छ बाटो हुन माटो चाहिन्छ न बाटो न माटो तपाइ कता जाँदै हुनुहुन्छ ? तपाइलाई थाहा छ ?
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ