एउटालाई पराजित गरे पछि 
त्यही — असन्तुष्टी 
रुप फेरेर
मेरो बाटो छेक्छ — निर्लज्ज
विजयको घोडा चड्ने घमण्ड छ
फगत मलाइ पराजित गर्न ।

म अहिले 
अन्यौल माथी 
तोकिएको बिन्दुमा उभिएर मौन छु 
थापी रहेछु 
अरुले अरुलाइ गरेका प्रहारहरु
घाइते हुन पनि सकेको छैन 
प्रहारहरु अझै दिशा हिन छन्
आफ्नै मनको कुनै कुनाबाट 
उनिहरु विचरा लाग्छन् 
शायद, आफै विचरा भएपछिको 
सह उत्पादन हो त्यो ।


फेरि म मौरी हुन सक्तिन
मह हुन पनि सक्तिन
सुकेको पात जस्तै भए पनि 
डडेलोमा पसेर 
म 
खरानी हुन पनि सक्तिन ।


२०७५।