- Home
- मेरो लिम्पियाधुरा
- आत्म दाह
आत्म दाह
मन र मस्तिष्कमा नअटाएर आस्था उसले दुवै मुठीमा कैद गरेर हिँडेको थियो समाज बदल्न‚ मुलुक बदल्न र निर्धाहरूलाई उठाउन उ जुरमुराएको थियो । उस्लाइ सुन्नेहरू आगो जस्तै रातो र तातो भएका थिए उत्साहको सिडि चढ्दै थिए उस्लाइ बुझ्दैथिए शाशकहरूले खप्न सकेनन् उसलाई थुने र थुनि रहे सहकर्मीहरूको हत्या गरे । कहाँ थुनिन्छ र ? बिचार र आस्था मारेर कहाँ मर्छ र विचार ? विचार‚ आगो बनेर फैलिई रहयो बाढी बनेर बगी रह्यो । एक दिन उ जेलबाट छुटेर आयो हात्तिघिस्सामा झोक्राएर बस्यो उस्लाइ नक्सलवादीको प्रतीक ठानेर मान्छेले हेरी रहे । एक दिन डढेलो जस्तै भएर एउटा समाचार आयो – “उसले आत्महत्या गर्यो घरको दलिनमा झुण्डिएर” आश्चर्य मान्दै सबैले भने – “ओ कामरेड कानू ! तिमी त जगत पो बदल्न हिँडेका थियौ किन आफ्नै जीवन मृत्युमा बदल्यौ ?” मानिसहरूले आश्चर्य माने र निराश बने कानूको आत्म दाहले नक्सलवाद अलिक मुर्झायो अब इस्पात फगत नाम र अतीतमा रहयो । नक्सल पथका नेपाली संस्करणहरू पनि जिल्ल परे मोहनचन्द्र‚ राधाकृष्ण र सि पि हरू त किनारामै थिए बरु डिगेन राजवंशीले बल्खुमा झुन्डिएर कानूको आत्म दाह अनुसरण गरे तर कसैले डिगेनको आत्म दाहबारे सोधेनन् कसैले केही भनेनन् कोही रोएनन् पनि । त्यसो त‚ नेपाली कानूहरूले पहिल्यै आत्म दाह गरे कसैले थाहा सम्म पाएनन् आत्म दाह भूमिगत थियो आत्म दाह छलाङ्ग मार्ने कदम थियो आत्म दाहमा उनको चरम सन्तुष्टि थियो । आत्म दाह पछि उनीहरू प्रेत बनेछन् प्रेतहरू इतिहास च्यापेर वर्तमानमा गर्व गरी रहेछन् कठै ! उनले पटक्कै बुझेनन् आत्म दाह त घटना हो युग हैन । २०७९ वैशाख १८
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ