- Home
- मेरो लिम्पियाधुरा
- उनीहरूले सपथ लिए
उनीहरूले सपथ लिए
उनीहरूले शपथ लिए हामीले हेरिरह्यौ‚ सुनिरह्यौ शपथमा नयाँ पनि थिए पुराना पनि थिए शपथ मुलुक र जनता प्रति वफादार हुने थियो शपथ निष्ठा र विश्वासको थियो शपथ संविधान प्रति वफादार हुने थियो शपथ मुलुक र जनताको सोझो चिताउने थियो शपथ इमानदारीको थियो मेरो मनमा भने यसै एउटा प्रश्न उठ्यो “ओ माननीयज्यू ! तपाइले शपथ लिनु भएको कुरा साँच्चै हो ?” हो भने त ठीक भयो राम्रो भयो तर त्यहाँ हाम्रा गाउँको एउटा भाइ पनि रहेछ जसले केही भन्नु अगाडी सधैँ − “सत्ते ढाँटेको हैन”− भन्थ्यो अनि सधैँ ढाँट्थ्यो अरू पनि रहेछन् जेलमा बस्नु पर्ने अलमलमा त्यहाँ पुगेछन् भ्रष्टाचारको आरोप लागेकाहरु रहेछन् ठूला – ठूला ठेक्का लिएका पैसा मात्र लिएर काम नगरेका पनि रहेछन् दौरा सुरुवाल कोट टोपी लगाएका मन विदेशीको भएका पनि रहेछन् पाँच वर्ष फेरि जागिर थपियो भन्दै पुगेका पुराना पनि परेछन् । मलाइ अलिक चिन्ता र छटपटी लागेको छ इमान्दार कोही भए ती पुराना र नयाँको माया जागेको छ फोहोरको पिचकारी हानाहानमा सेतो वस्त्र पहिरन भएका ओ माननीयहरू ! पाँच वर्षपछि के तपाइका सेता वस्त्र र शपथको कागज बेदाग भएको हामीलाई देखाउन सक्नुहुन्छ ?
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ