- Home
- मेरो लिम्पियाधुरा
- फोहोरको डङ्गुर
फोहोरको डङ्गुर
भूपिशेरचनले मुलुकभरि हल्ला चलेको भेटेका थिए हल्ला देखेका थिए र यो हल्लै हल्लाको देश हो भन्ने कविता लेखेकाथिए अहिलेसम्म उ बाँचेका भए मलाइ लाग्छ उनले यो फोहोरै फोहोरको देश हो भन्ने कविता पनि लेख्ने थिए किनभने− देश हाक्नेहरुको मन र मस्तिष्कमा फोहोरको डङ्गुर छ अझ उनको नियतमा त्यो भन्दा ठूलो डङ्गुर छ उनको भित्री योजनामा अझै ठूलो डङ्गुर छ केन्द्रीय सचिवालय भवनमा त्यो भवन भन्दा ठूलो डङ्गुर छ जत्र तत्र फोहोरै फोहोरको डङ्गुर त्यो देखिन्छ सडक र पेटीमा पनि सधै फोहोरको डङ्गुर छ सडक र पेटी उनको मन मष्तिष्क जस्तै फोहोरले भरिएको छ सडकमै अनेक फोहीरी तमासा चल्छन् त्यो पनि देखिन्छ । काजीहरू हैन भन्छन् हामी ताली ठोक्छौ काजीहरू डङ्गुरमा उभिएर सफा भाषण गर्छन् हामी हो भन्छौ कमिसनको चेक र नोटले भरिएको ब्रिफकेस थन्काउने समय नमिलेर काजीहरू त्यो लिएरै समारोहमा जान्छन् र भ्रष्टाचारको धज्जी उडाउँछन् हाम्रा ताली परर्र पार्छन् यसरी चल्दै छ चलिरहेछ । तर हो‚ भ्रष्टाचार र कमिसनमा डुबेका काजीहरू भ्रष्टाचारका विरुद्धमा खासा बोल्छन् क्षमतावान छन् काजीहरू अप्ठ्यारो परेपछि आफ्नै कार्यको कडा विरोध गरेर राम्रो वक्तामा गनिन्छन् आफूले निर्माण गरेको विकृतिका विरुद्धमा घण्टौ बोल्छन् अनि त हाम्रा काजीहरू नेता भकाएछन् फोहोरको डङ्गुरमा उभिएर मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर घण्टौ बोल्छन् क्षमतावान हुन्‚ हाम्रा नेताहरु कठै ! अहिले भूपिसेरचन पो छैनन् । २०७९ साउन १ ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ