- Home
- मेरो लिम्पियाधुरा
- भत्काउनेहरू
भत्काउनेहरू
उनीहरू‚ नियतमा खोटै खोट र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर केही गर्न तयारीमा देखिन्छन् सकृय छन् र अहिले त भत्काउदैछन् घर‚ रहर‚ जीवन र मन भत्काइ रहेछन् धुलो‚ माटो र वन र उनीहरूलाई मज्जा भइरहेछ हँसिला भकाएछन् कुरूप भएपनि उनीहरू आफैलाई आफू सुन्दर सुन्दर लागेको छ । घर भत्काउनेहरु फगत घर भत्काउँदैनन् मन भत्काउँछन् आस्था भत्काउँछन् विश्वास भत्काउँछन् मान्छेको ओत भत्काउँछन् सियाँल भत्काउँछन् निन्द्रा भत्काउँछन् मान्छेको भोक भत्काउँछन् र शोक फलाउँछन् हो‚ उनीहरू घर सँगै मान्छे भत्काइ रहेछन् मान्छेसँग आफै भत्किई सकेपछि के बाँकी रहन्छ र ? सिर्जनाको नारा लगाउने उनीहरूले ध्वंसको तोप पड्काएपछि झूट‚ धोका र अविश्वासको खेती गर्नेले सद् विचारको माला लगाएपछि लाग्छ‚ मुलुकमा कार्टुनको उद्योग खुलेको छ खूबै फस्टाएको छ उद्योग मूल्य घटेको छ‚ कार्टुन र प्रहसनको मूल्य घटेको छ आस्था र प्रचलनको मूल्य घटेको छ मान्यता र सन्मानको मूल्य घटेको छ इमान र नीतिको । मैले त उनको अनुहार पनि राम्रो देखेको छैन बानी पनि राम्रो देखेको छैन उनले पिउने पानी पनि राम्रो देखेको छैन नियतमा त बाहिर पनि भित्र पनि खोटै खोटको चाङ् छ उपहार दिन चोटै चोटको भण्डार छ तिनलाई के मन पर्यो उनको ? यसरी हत्ते गरेका छन् थाहा‚ छैन उनीहरू किन कसको फेला परेका छन् ? हो‚ भत्काउन रहर गर्नेहरु घर भत्काउँछन् रहर भत्काउँछन् मन भत्काउँछन् जीवन भत्काउँछन् भत्काउन मज्जा पाउछन् ढाडे मन भाकाहरूलाई के थाहा ? जे भत्काएका छन् त्यो कसले बनाएको हो ? त्यसैले त उनलाई भत्काउन स्वाद लाग्छ उनलाई भत्काउन रहर लाग्छ र उनीहरू भत्काइ रहेछन् सिर्जना भत्काइ रहेछन् बिरुवा भत्काइ रहेछन् अँखा र मन भत्काइ रहेछन् समय भत्काइरहेछन् इतिहास भत्काइरहेछन् वर्तमान भत्काइ रहेछन् । मलाइ मेरो समय प्यारो लाग्छ बचपन युवा र प्रौढ बनेको मेरो जीवन प्यारो लाग्छ मेरो माटोपनि र धूलो प्यारो लाग्छ आफैलाई बेचेर संभ्रान्त हुनुभन्दा मलाइ मेरो गरिबी प्यारो लाग्छ त्यसैले सावधान ! मलाइ नभत्काउ मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काउ मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काउ हाम्रा आँखा नभत्काउ हाम्रो कथा र इतिहास नभत्काउ हामीलाई नभत्काउ । २०७८ वैशाख ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ