- Home
- मेरो लिम्पियाधुरा
- भरखरै चुनाव सकिएको छ
भरखरै चुनाव सकिएको छ
अलिक धेरै प्रसाधन थोपरेर जबरजस्ती निर्माण गर्न खोजेको सौन्दर्य पसिनाले लतपतिएर‚ पानीले बगाएर निर्मित यथार्थ आकृति जस्तै भएर भरखरै चुनाव सकिएको छ । अहिले गाउँ गाउँमा नानीहरू चुनाव खेलि रहेछन् दुई समूह बनेर एकले अर्कालाई गाली गरी रहेछन् गाली गलौज नगर्न पाकाहरूले सम्झाउँदा नानीहरू भनी रहेछन् “हामी नेता हौ गाली गरेर पनि जित्नु छ‚ टिकट किनेर चुनाव लडेका हौ पैसा बाँडेर पनि जित्नु छ मुड्की हानेर पनि जित्नु छ” । नानीहरू नाची रहेछन् नानीहरू गाई रहेछन् नारा लगाउँछन् चुनाव रमाइलो छ नानीहरू रमाइलो बाँडी रहेछन् नानीहरू अन्तर्घात खेली रहेछन् षडयन्त्र‚ घात र प्रति घात पनि खेली रहेछन् अहिले नानीहरू चुनाव लडी रहेछन् नानीहरू चुनाव लडाइ रहेछन् भरखरै चुनाव सकिएको छ तर नानीहरू चुनाव खेली रहेछन् । जेठ ११‚ २०७९ ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ