- Home
- मेरो लिम्पियाधुरा
- यी कविताको कथा
यी कविताको कथा
कतिपय दृश्यहरूले छुन्छन् । मन र मस्तिष्कमा सताउँछन् । त्यस्तो अवस्थामा मनमा लागेको कुरा मिलाएर बताउन जानियो भने कविता पनि हुन सक्छ । यस अर्थमा यी मेरा लिखतहरू कति कविता हुन् ? कति हैनन् − भन्ने कुरा पाठकहरू र जान्नेहरूका जिम्मामा छाडेको छु । मैले यी लिखतहरूलाई फेरि एकपल्ट एक ठाउँमा राख्ने रहरमात्र गरेको छु ।
रचना गर्भमा निहित हुनु पर्ने शीप र सौन्दर्यको परिष्कृत पनबाट अलिक टाढा तथा फेदतिरै रहेको मेरो स्विकारोक्ती रहेको छ । कविताको वर्तमान गतिका बारेमा पनि अनेक मत छन् । सुस्त वा द्रुत जे भने पनि यात्रा अघि बढेको छ । थोरै पढिने विधा‚ थोरै लेखिने विधा‚ बजार नरहेको‚ नबिक्ने‚ अनुत्पादक काम आदि जे − जे भनिए पनि कविता बिनाको साहित्य पूर्ण लाग्दैन । धेरैको साहित्यिक यात्राको थालनी विन्दु पनि कविता नै हुन्छ । यस्तै परिवेशमा मलाइ पनि बेला बेलामा कवितामा केही भन्ने रहर जाग्छ र त्यसैको निकासका स्वरूप हुन् यी कविता ।
कविताका विषय अनेक हुन सक्छन् । अलिक छुने र बिझाउने कुरा भनेको विसङ्गति‚ विकृति‚ शोषण‚ दमन‚ थिचो मिचो‚ अन्याय‚ अत्याचार‚ अराजकता नै हुन् । यस्ता विषयहरू बग्रेल्ती छन् । बेथितिका सर्जकहरूलाई सिर्जनात्मक लेखनले पनि छुन त छुँदैन । आफ्नो कर्म र कर्तव्य जस्तै भनेर उनीहरू आफ्ना कुकर्ममा लागि रहन्छन् र सर्जक पनि उनका कुकर्मका विरुद्धमा लागि रहन्छन् । यस अर्थमा यी कविताहरू पनि यसै धारमा बगि रहने केही थोपा पानी हुन सक्लान् भूगोलको माटो हुन सक्लान् वा फगत मेरा आत्म सन्तुष्टिका खेस्रा मात्रै पनि ।
त्यसो त नेपाली साहित्यको कविता विधामा पनि अनेक प्रयोग भएका छन् र अनेक मान्यताहरू अगाडि बढेका छन् । सरलतामा शीप‚ मेरो लेखनको मूल ध्येय र प्रयत्न हो । तै पनि सौन्दर्य र प्रसाधनको कमी महसुस हुनेछ नै ।
लाग्छ‚ लामो साधना र प्रयासबाट मात्र आकर्षण निर्माण हुन्छ । त्यो जटिल छ‚ सरल छैन । भनिन्छ‚ कविता भित्र अनेक प्रत्यङ्ग पनि हुन्छन् । शक्ति हुन्छ । त्यसलाई आवरण भित्र राख्ने कार्य सफल भयो भने सौन्दर्य शक्ति पनि वृद्धि हुन्छ । हो त‚ सौन्दर्य नै मान्छेलाई हेरौं − हेरौं लाग्ने हुन्छ ।
वास्तवमा कविताको ध्येय पनि सुन्दर समाज हो । हो समाज सुन्दर रहेको भए कविताको स्वरूप पनि अलिक फरक हुन्थ्यो होला तर विकृति र विसङ्गतिका आयाम भने फड्को मारेर विकास भएका छन् । लेखनमा चुनौती थपिएको छ । विग्रह गर्नेहरु बल पूर्वक विनिर्माणमा लागेका छन् । सिर्जनाको आवरणमा छन् तर ध्वड्स गर्छन् । जाल प्रपञ्च रच्छन् र फरेब पनि उनैं लगाउँछन् ।
यस्तो परिवेशमा लेखिएका कविताहरूले थोरै योगदान गर्न सके त्यो मेरो आत्म सन्तुष्टि हुनेछ ।
बाँकी पाठकहरूको जिम्मा ।
२०७९ पौष ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ