विडम्बना

पहिला त 
अरू नै 
कुरा भनेर 
शुरु भएको थियो 
यात्रा -
तर
बाटैमा 
रहर गरे
उनीहरूले
घाम समाएर 
मुठीमा कैद गर्न 
र गोजीमा सारेर 
आफैले उपभोग गर्न 
र आफन्तलाई पनि 
अलिकति दिने - भने
तर 
घामका किरणहरू 
निर्माण गरी रहेछन् 
पारदर्शी बिम्बहरू 
र
फ्याँकि रहेछन् 
न्यानु - न्यानु स्पर्श
र स्पर्श दौडी रहेछ
निरीह तर्फ 
तर निरीहहरू भागी रहेछन् 
पर - पर सम्म
यसरी 
घामको न्यानु स्पर्श
अपुताली परे जस्तै भएको छ 
निरीहहरूलाई 
घामको स्पर्श 
आफ्नै निजी कुरा 
तर 
अपुताली पनि परेको भनेर 
तिनले खाइदिएको 
जस्तै भएर 
पुछिदैं - पुछिदैं 
मेटिँदै - मेटिँदै
टरिरहेछ 
टरिरहेछ 
निरिहहरुका लागि ।