- Home
- मेरो लिम्पियाधुरा
- सेता अपराधीहरू
सेता अपराधीहरू
उनीहरू रङ्ग बदली रहेछन् हर पल‚ हर क्षण अर्कै रङ्गमा आफूलाई फेरी रहेछन् कालो रङ्गबाट सेतो बन्ने रहरमा कालो मन‚ कालो नियत‚ कालो कर्तुत भएका मान्छेहरू कालो अपराधलाई छोप्न सेतो पहिरनमा आफूलाई सजाइ रहेछन् । उनीहरू तल छन्‚ माथि छन् झन् माथि पनि छन् वर छन्‚ पर छन् नीति निर्माणमा छन् व्यवस्थापनमा छन् कार्यान्वयनमा छन् न्यायमा छन् आफ्नो फैसला आफै लेख्ने आफ्नो दण्ड आफै तोक्ने हैसियतमा छन् उनीहरू रङ्ग बदली रहेछन् सेता वस्त्र पहिरी रहेछन् । उनीहरू हिमालमा छन् पहाडमा छन् तराईमा छन् नदी नाला र पोखरीमा छन् बन जङ्गलमा छन् प्रविधिमा छन् भन्सारमा छन् मुलुक भित्रको संसारमा छन् उनीहरू सबै तिर छन् श्वेतग्रिवीहरु जत्रतत्र छन् । आफ्नो कुकर्मलाई नीतिमा मिलाउन विधिमा मिलाउन आफ्नो निधारमा लागेको कलङ्कको टीका लुकाउन उनीहरू सेतो मलमलको कपडाले आफूलाई छोपी रहेछन् । यस्ता अपराधीसँग रवाफ हुन्छ जबाफ हुन्छ कबाफ हुन्छ प्रभाव हुन्छ अटाइ नअटाइ खल्ती भरि – भरि धाक र दबाब हुन्छ नभएको त फगत नैतिकता र इमान हो घात − प्रतिघात र अरूलाई दिने सन्ताप त मुरी − मुरी हुन्छ । सावधान ! श्वेतग्रिवीहरुले मुलुक ढाकेका छन् उनका विरुद्धमा कतै बीउसम्म पाए मुलुक बचाउन ब्याड राख्ने बेला भएको छ । २०७९ माघ ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ