विर्तामोड

विर्तामोड

असमयमै वैंस छचल्केर
के गरुँ-न-कसो गरुँ ! भएकी
काली, कल्चिंडी
ह्‍वास्सै पाइरियाको गन्ध आउने
उत्ताउली, नखर्‍माउली
सन्काही युवती जस्तै
भएकी छे विर्तामोड !