गल्ली

यी पाठशाला जाने नानीहरुका लागि
साँघुरो भैरहेछ यो गल्ली
मुटुभरि प्रीत बोक्नेहरुका लागि
साँघुरो भैरहेछ यो गल्ली
काँधमा हिमाल जत्रै आस्था बोक्नेहरुका लागि
साँघुरो भैरहेछ यो गल्ली
भोलिको नेपाल सिँगार्नेहरुका लागि
साँघुरो भैरहेछ यो गल्ली !