नानजिङ

देशभक्त महापुरुषहरुको सन्मानमा
थुम्काहरु झुकेको देखेको छु
मन खोस्न सक्ने धूपीका बोटहरुले
देशभक्तिकै गीत सुसेलेको सुनेको छु
सनयातसेनको पार्थिव शरीर राखेको
नानजिङको उद्यानबाट म फर्कन त फर्के
तर त्यो सुन्दर धूपीघारीभित्र
मैले मेरो मन हराएको छु !