थाहा छ ?

जिजुले बाजेले र हामीले
आफ्नै भनेर जानेको
खोस्रेको, सुम्‍सुम्याएको
अरु सबैले हाम्रै भनेको
घरबारी, खेत-बगैंचा, कोठेबारी
हराएको छ
हामी सधै जो मेचीमा बस्छौ
हाम्रो त मन मुटु र मस्तिषक
चहराएको छ
कुन्नि ! के बितौजी परेको छ
नेताहरु आँखा चिम्लेर हैन भन्छन्
पराईको पाइताला हाम्रा छातीमा
देखेर पनि छैन भन्छन्
माघमा नेपालगन्ज जानेहरु,
साँच्चै हो मेची मिचिएको छ
के तपाईहरुलाई यो थाहा छ ?